Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – विमानमा अक्सिजन नहुँदा नेपाल वायु सेवा निगमको विमान मलेसियामा रोकिएको छ । मलेसियाको क्वालालम्पुरबाट काठमाडौं फर्किन लागेको न्यारो बडी विमानमा चालकदललाई आवश्यक पर्ने अक्सिजन नभएपछि उडान हुन नसकेको हो । उक्त विमानले उडान नभरेपछि १५२ जना यात्रु अलपत्र परेका छन् ।

विमान उडान नभएपछि नेपाल वायु सेवा निगमले यात्रुसँग माफी मागेको छ । साथै, यो विषयमा छानबिन गर्न निगमले एक समिति पनि गठन गरेको छ । काठमाडौंमै एक हप्ता ग्राउन्डेड भएको सो विमान मर्मतपछि सोमबार साँझ मलेसिया उडाएको थियो । आइतबार उडान हुनुपर्ने भए पनि विमान नभएपछि सोमबार साँझ उडान भएको थियो । जसले गर्दा काठमाडौंमा पनि यात्रु अलपत्र परेका थिए ।

यो विमान क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान भनेर मंगलबार बिहान ९ः३५ बजे काठमाडौं अवतरण गर्ने तालिका थियो । र, सो विमान मंगलबार भारतको बेङ्लुरु उडान गर्ने तालिका थियो । तर, विमान मलेसियाबाट नफर्किएकाले बेङ्लुरु उडान पनि प्रभावित भएको छ ।

 

तपाईको प्रतिक्रिया