Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले आइतबार सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा ११ औँ स्थान प्राप्त गर्न सफल भएका छन् । ‘डीआरएस गेमिङ’ले अलस्टार्स चरणको खेलमा तेस्रो हुँदै ९० हजार अमेरिकी डलर ‘करिब एक करोड १८ लाख रुपैयाँ’ जितेको थियो । त्यस्तै मेन टुर्नामेन्टमा सहभागी पुरस्कार गरी कुल ७७ हजार पाँच सय अमेरिकी डलर ‘एक करोड दुई लाख रुपैयाँ’ जितेको छ ।

मेन टुर्नामेन्टमा ‘डीआरएस गेमिङ’ ले १८ खेलबाट एक चिकेन डिनर र ५८ एलिमिनेसन पोइन्ट सहित कुल ९३ पोइन्ट ल्याएको थियो । अलस्टार्स चरण र मेन टुर्नामेन्ट दुवैको विजेता बनेको थाइल्यान्ड पब्जी टिम ‘भ्याम्पाएर ई स्पोर्ट्स’ले भने करिब सात करोड पचास लाख रुपैयाँ जितेको छ ।

‘भ्याम्पाएर ई स्पोर्ट्स’ ले मेन टुर्नामेन्टमा २२७ पोइन्ट ल्याएको थियो । जसमा चार चिकेन डिनर र १४२ एलिमिनेसन पोइन्ट सामेल थिए । त्यस्तै दोस्रो स्थानमा रहेको ‘एसटीई’को १३८ पोइन्ट र तेस्रो स्थानमा रहेको ‘गेमिन ग्लाडिएटर्स’को १२१ पोइन्ट रहेको थियो । त्यस्तै ५३ एलिमिनेसन सहित ‘भ्याम्पाएर ई(स्पोर्ट्स’का ‘टोनी के’ मेन टुर्नामेन्टको मोस्ट भ्यालुएबल प्लेयर बनेर १० हजार डलर जितेका छन् ।

 

तपाईको प्रतिक्रिया