Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – वीर अस्पतालले बिहान ७ बजेदेखि नै सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले बिहान ७ बजेदेखि ओपिडी टिकट लिन सकिने र ८ बजेदेखि अन्य सेवा सञ्चालनमा ल्याएको हो । अस्पतालले २९ असारमै परिपत्र जारी गरी कार्यालय समय बिहान ८ बाट दिउँसो ४ बजेसम्म हुने जानकारी दिएको थियो ।

यो सेवा १६ कात्तिकदेखि ८:३० बजेबाट ३:३० बजेसम्म हुने जनाइएको छ । शल्यक्रिया बिहान ८ बजेबाट, ओपिडी सेवा बिहान ९ बजे र शैक्षिक गतिविधि दिउँसो ३ बजेबाट मात्रै सुरु गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए ।

यसबाहेक अस्पतालले कर्मचारीमाथि पनि कडाइ गरेको छ । कर्मचारीले आफूखुसी काममा आउने प्रवृत्ति अन्त्य गर्न बिहान कार्यालय आउँदा १५ मिनेटसम्म ढिला भएमा मात्रै हाजिरीलाई मान्यता दिने र दिउँसो निस्कने वेलामा १५ मिनेट छिटो मात्रै निस्कन पाउने नियम कडाइका साथ लागू गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया