Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सोमबार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक चलिरहेको बेला सभापति शेरबहादुर देउवाले ‘लाइभ’को प्रस्ताव गरेका हुन् । उनको प्रस्ताव सुन्नेबित्तिकै बैठकमा उपस्थित सबैले मुखामुख गर्न थाले ।

यत्तिमा नरोकिएका देउवाले अन्तर्राष्ट्रिय प्रचलनको उदाहरण दिँदै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्न सकिने बताए । सभापति देउवाको प्रस्तावमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायतको असहमति थियो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने लाइभ गर्दा सकारात्मक सन्देश नै जाने धारणा राखेका थिए ।

किन लाइभ चाहन्छन् देउवा ?
सभापति देउवाको लाइभ गर्ने प्रस्तावको विषयलाई विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । केहीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर देउवाले मुलुककै पहिलो पार्टीले जनताको जान्न पाउने अधिकारलाई उपभोग गर्न दिएको हुन सक्ने टिप्पणी गरेका छन् भने केहीले बैठकको पारदर्शिता कायम गरेको हुन सक्ने समेत टिप्पणी भइरहेको छ ।

अर्कोतर्फ पार्टी बैठकमा जनतामा सवाल नउठाउने र बाहिर आएर चर्का कुरा गर्नेलाई तह लगाउन खोजिएको भन्ने कोणबाट पनि विश्लेषण भइरहेको छ । कांग्रेस सहमहामन्त्री फरमुल्ला मन्सुरले लामो समयदेखि बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएकोले पनि जनताका चासोहरूलाई पूरा गर्न सभापति देउवाले बैठकलाई लाइभ गर्नुपर्ने प्रस्ताव गरेको बताए । पार्टीमा महामन्त्रीले बैठकमा कुनै कुरा नउठाउने र बाहिर मिडियाबाजी चर्को गर्ने गरेको आरोप लाग्दै आएको छ ।

यो विषयलाई लिएर यसअघि पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले महामन्त्री सहभागी बैठकमा नै आक्रोश व्यक्त गरेका थिए । उनले भन, ‘दुई गते बैठक बसिरा’छ । त्यहाँ भनौँ । जिल्ला समिति, क्षेत्रीय समिति, प्रदेश समिति तथा गाउँ र नगर समिति छन्, त्यहाँ भनौँ । त्यहाँबाट निष्कर्ष निस्किसकेपछि पार्टीको मात्रै कुरा गरौँ । त्यहाँ नभन्ने तर बाहिरचाहिँ भन्या भन्यै गर्ने प्रवृत्तिले पार्टी बलियो हुँदैन । जनता कन्फ्युजनमा पर्छन् ।’

उनले सामाजिक सञ्जालमा पार्टीको कुरा गरेर पार्टी बलियो नहुने समेत बताए । कुनै पनि राष्ट्रिय दलले आन्तरिक बैठक लाइभ नगरेका बेला देउवाले पहिलोपल्ट यस्तो प्रस्ताव अघि सार्नुलाई कतिपय नेताले रणनीतिक योजना भन्दै अर्थपूर्ण रूपमा लिएका छन्  ।

केन्द्रीय समिति पूर्ण हुन नसकेको, विधानबमोजिम विभाग गठन गर्न नसकेको, भातृ संस्थालाई पूर्ण नगरिएको लगायतका आरोप कांग्रेस नेतृत्वले खेप्दै आएको छ । बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्नो कुरा राख्नका लागि समय उपलब्ध गराइने भएको छ। कांग्रेस केन्द्रीय समिति बैठक करिब एक साता चल्नेछ ।

यस्ता छन् आज दिउँसो १ सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका एजेण्डा

  • समसामयिक विषयमा छलफल ।
  • सांगठनिक कार्ययोजना र कार्यतालिका बनाइने ।
  • केन्द्रीय सदस्य बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव ।
  • गोपालमान श्रेष्ठको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत ।
  • नीति अधिवेशनका विषयमा छलफल र खाका प्रस्ताव ।
  • विभागहरू गठन, थप र कामको व्यख्या ।
  • राष्ट्रव्यापी अभियानको घोषणा र खाका प्रस्तुत ।
  • अनुशासन समितिको प्रतिवेदन पेश ।
  • संसद्मा कांग्रेसको भूमिकाका विषयमा रमेश लेखकद्वारा प्रतिवेदन पेस ।
  • सरकारको गतिविधिबारे आन्तरिक र बाह्य गतिविधिका बारेमा जानकारी ।
तपाईको प्रतिक्रिया