Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ए सँग फराकिलो अन्तरले पराजित भएको छ । श्रीलंकामा जारी दोस्रो खेलमा नपाल ९ विकेटले पराजित भएको हो। नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य भारतले मात्रै एक विकेटको क्षतिमा पूरा गर्यो ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ए ले २२ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो  । भारतको जितमा अविषेक शर्मा र साइ सुदरर्शनले अर्धसतक पूरा गरे ।

भारत ए का लागि अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्काको सहयोगमा ८७ रनको अर्धशतकीय ईनिङ खेले । साई शुदर्शनले ५२ बलमा ८ चौका र १ छक्काको सहयोगमा अविजित ५८ रनको अर्धशतकीय ईनिङ खेले । धुव्र जुरेले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । कप्तान रोहित पौडेलले ८५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन् । गुलशन झा ३० बलमा २ चौका र २ छक्कासहित ३८ रनमा क्याच आउट भए । दयनीय सुरुवात गरेको नेपालका लागि सातौं विकेटका लागि रोहित र गुलशन झाले ५६ बलमा ५४ रनको साझेदारी गर्दै सम्मानजक योगफल बनाए ।

नेपालको शीर्षक्रम ब्याटिङ भारतका तीव्र गतिका बलर सामु निरिह बन्यो । कोलकाता नाइट राइडर्सबाट आइपिएल खेलिसकेका हर्षित रानाले दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एलबीडल्लू धरापमा पारे । चेन्नई सुपर किंग्सका युवा स्टार राजवर्धन हंगेगाकरको बलमा आसिफ विकेटकिपर ध्रुब जुरेलबाट ७ रनमै क्याचआउट भए। देव खनाल पनि १५ रन बनाएर पेवेलियन फर्किए ।

भीम सार्की ४ रनमा बोल्ड हुँदा कुशल मल्ल शून्यमा आउट भए । एक समय १० ओभरमा ५ विकेट गुमाइसकेको नेपालले जम्मा ३७ जोडेको थियो । नेपाललाई छैटौं विकेटका लागि रोहित पौडेल र सोमपाल कामीले ५३ रनको साझेदारी गरे। सोमपाल १४ रनमा एलबीडब्लू धरापमा पर्दा पवन सराफ ६ रनमै आउट भए । भारतका स्पिनर निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । राजवर्धनले ६ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिँदा नेपाल पूरै ओभर खेल्न सकेन ।

हर्षित रानाले ५ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । नेपालले अन्तिम खेल धुबबार युएई ए सँग खेल्नेछ। युएई पनि भारत र पाकिस्तानसँगै पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेको छ । यो समूहबाट भारत र पाकिस्तान अघिल्लो चरण प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा यी दुई टोली भिड्ने छन् । समूह बी बाट भारत रनरेटमा अगाडी हुँदा शीर्षस्थानमा र पाकिस्तान दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया