Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजतन्त्र र हिन्दू राष्ट्र फर्काउन जनताले साथ दिनुपर्ने बताएका छन् । नेपाल सनातन धर्म, संस्कृति, संगठनले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष लिङ्देनले राजतन्त्र र हिन्दू राष्ट्र फर्काउन जनताको साथ खोजेका हुन् ।

उनले बहुसांख्यक नेपालीले हिन्दू राष्ट्र खोजेको पनि दाबी गरे । ‘हामीले उठाइरहेको हिन्दू राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीको हो’, उनले भने, ‘जसको मुद्दा हो उसैलाई बुझाउन सकिएको छैन । राप्रपाले सनातन धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दू राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने तयारी गरेका छौं ।’ उनले अन्य राजनीतिक दललाई पनि ‘विगतको गल्ती सच्च्याएर’ राजतन्त्र फर्काउन आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया