Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – युक्रेनले रुसको कब्जामा रहेको क्रिमियन पुलमा फेरि हमला गरेको छ । जानकारी अनुसार सोमबार बिहान भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

दक्षिणी रुसको क्रास्नोडार क्षेत्रको स्वास्थ्य मन्त्रालयले एकै परिवारका तीन सदस्य (आमाबाबु र बच्चा) हमलाको सिकार भएको पुष्टि गरेको छ । बाबुआमाको मृत्यु भएको छ भने बालिका घाइते भएका छन् ।

सोही क्रममा घटनालाई ध्यानमा राख्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको छ । सवारीसाधनको लामो लाइन लागेको बताइएको छ । क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले क्रास्नोडारको रुसी क्षेत्रसँग जोड्ने पुलको १४५औँ पिलरमा भएको घटनापछि क्रिमियाको पुलमा यातायात अवरुद्ध गरिएको बताए ।

रसियाले २०१४ मा क्रिमियालाई गाभेको थियो । यस क्षेत्रमा अन्तर्राष्ट्रिय समर्थनको अभाव छ । सडक र रेल पुल १९ किलोमिटर लामो छ । सन् २०२२ को अक्टोबरमा भएको आक्रमणमा पुललाई ठूलो क्षति पुगेको थियो । राष्ट्रपति पुटिनले युक्रेनमाथि आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया