Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल वायुसेवा निगमले विमान ग्राउन्डेड गर्नुपरेकोमा यात्रुसँग क्षमा मागेको छ । चरा ठोक्किएका कारण दुइटा न्यरोबडी विमानलाई ग्राउन्डेड गर्नुपरेपछि निगमले यात्रुसँग क्षमा मागेको हो ।

दुइटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सुचारु गर्न दुइटा वाइडबी विमान रहेको भन्दै निगमले न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको हो । सामाजिक सञ्जालमार्फत निगमले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगम क्षमाप्रार्थी छ ।’

जहाज अभावका कारण निगमले आइतबार मलेसिया उडान रद्द गरेको थियो  । जसका कारण मलेसिया जाने १५१ र काठमाडौँ आउने १०८ जना यात्रु अलपत्र परे । निगमको नाइन नोभेम्बर-अल्फा किलो ह्विस्की जहाज सोमबार बेलुकीबाट उड्ने निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया