Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन सेयर कारोबार उत्साहजनक भएको छ। सोमबार सेयर बजार ४७.०७ अङ्कले वृद्धि भएको छ। कारोबार रकम भने मध्यम नै रहेको छ। आज करिब २ अर्ब ५६ करोडमाथिको कारोबार भएको छ। आजको कारोबार अङ्कको वृद्धिले नेप्से परिसूचक २१४४ कायम भएको छ। सोमबार २०० वटा कम्पनीको मूल्य बढेको छ भने जम्मा १३ वटा कम्पनीको मूल्य भने घटेको छ।

उपसमूहतर्फ भने म्युचल फण्ड बाहेक सबै बढेका छन्। आज धेरै कमाउने समूहमा जीवन बीमा समूह रहेको छ। यो २६२ अङ्कले बढेको छ। त्यस्तै, निर्जीवन २६२, विकास बैंक १६१, होटल १५४, वित्तीय ६९, लघुवित्त ६१ अङ्कले वृद्धि भएको छ।

धेरै कमाउने कम्पनीमा बीपीडब्लू लघुवित्त, युनाइटेड अजोड इन्स्युरेन्स, अभियान लघुवित्त रहेका छन्। यिनीहरुको मूल्य पछिल्लो दिनको तुलनमा क्रमश: १०, ९.९९, र ९.८७ प्रतिशतले बढेको छ। त्यस्तै, सिर्जनशील लघुवित्त, मलिटीपर्पोज वित्तीय कम्पनीको मूल्य पनि बढेको छ। गुमाउनेमा भने कुमारी धनवृद्धि योजना, सानिमा ग्रोथ फण्ड, सानिमा लार्ज क्याप फण्ड रहेका छन्।

 

तपाईको प्रतिक्रिया