Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमितिका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा आकांक्षीहरु बढ्न थालेका छन् । यही ३० तारिखका लागि तय गरिएको निर्वाचनबाट नेतृत्वमा पुग्न आकांक्षीहरले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको हो ।

वर्तमान उपाध्यक्ष रामकृष्ण श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले ‘काँधमा जिम्मेवारी, काममा इमानदारी । सम्बन्धमा समझदारी त्यसका लागी मेरो उम्मेदवारी’ भन्ने मूल नाराका साथ शनिबार एक विशेष कार्यक्रमकाबीच क्युस्युबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

श्रेष्ठ २००७ सालमा जापान आई २ वर्षको भाषा कक्षा सम्पन्न पश्चात् २००९ सालमा फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको सदस्य पदबाट सामाजिक क्षेत्रमा प्रवेश गरेका हुन् । त्यसपश्चात् निरन्तर रूपमा नेपाल र नेपालीको हितका लागि सामाजिक कार्यमा निरन्तर लागिरहेका छन् । एनआरएनए जापानमा पनि २०१९-२१ सदस्य र २०२१-२३ मा उपाध्यक्ष भएर सामाजिक कार्यमा लागेका श्रेष्ठले २०२३-२५ का लागी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

  • यी हुन् श्रेष्ठका ९ प्रतिबद्धता

क. आर्थिक पारदर्शिता
१. संस्थाको आर्थिक कारोबार पारदर्शिता छर्लङ्ग हुने गरी काम गर्ने छु । यो कार्य केन्द्र मात्र नभई सबै क्षेत्रीय समितिहरूलाई समेट्ने छु । यसको लागि प्रविधिको प्रयोग गरी त्रैमासिक रूपमा आर्थिक रिपोर्ट बनाइ सम्पूर्ण सदस्यहरूलाई मेल मार्फत पठाउने व्यवस्था गर्ने छु । त्यस्तै महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको एक हप्ता भित्र आर्थिक तथा प्रगति प्रतिवेदन प्रकाशन गरिने छ ।

२. क्षेत्रीय कमिटीहरूको प्रत्येक ६ महिनामा आर्थिक प्रतिवेदन तथा प्रगति प्रतिवेदन केन्द्रसँगको समन्वयमा वेबसाइट मार्फत प्रकाशन गरिने छ ।

३. प्रत्येक क्षेत्रको बैंक खाता खोल्न सहकार्य गरिने छ । आर्थिक कारोबार बैंकबाट मात्र गर्ने गरी नीतिगत परिवर्तन गरिने छ ।

ख. जापान सरकार र नेपाल सरकारसँग समन्वय
१. जापान सरकारको असमान नीतिहरूलाई नेपाल सरकारसँगको समन्वयमा परिवर्तनको लागी पहल गरिने छ ।

२. दोहोरो कर प्रणालीलाई हटाउन सरकारी सरोकारवाला निकायहरूसँग छलफल तथा पहल गरिने छ ।

३. शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा नेपालको विकासको लागि समन्वय गरी विज्ञ मार्फत अनुसन्धानका लागी छलफल गरी संस्थागत तर्फबाट आवश्यक पहल गरिने छ ।

५.जापान सरकार तथा विश्व विद्यालयका प्रोफेसरहरु मार्फत जापान बासी नेपालीको हितमा गरिने विभिन्न अनुसन्धानका लागी पूर्णरुपमा सहयोग गरिने छ ।ग. सदस्यता नवीकरण
१. हाल सम्म भइरहेको सदस्य बन्ने सिस्टम आईसीसीसँग समन्वय गर्दै वर्ष भरी नै सदस्यता वितरणको व्यवस्था गरिने छ । एक वर्ष बनेका सदस्यहरूलाई अर्को वर्ष पुन सुरुवातबाट नभै नवीकरण मात्र गरे हुने व्यवस्था गरिने छ ।

२. एनआरएनएले दिने सेवामा पहिलो प्राथमिकता एनआरएनएका सदस्यहरूलाई दिइने छ ।

३. सदस्यहरूलाई सुख दुखमा सहयोगका लागि छुटै कोषको व्यवस्था गरिने छ ।

घ. क्षेत्रीय समितिहरूलाई सशक्त र शक्ति साली बनाउने
१. क्षेत्रीय समितिहरूलाई सशक्त बनाउन यस वर्ष देखि दिँदै आएको सदस्यता शुल्क निरन्तरता दिइने छ ।

२. प्रत्येक ६ महिनामा एउटा सबै क्षेत्रलाई समेट्ने गरी कार्यक्रम गरिने छ । जसको लागि केन्द्रको पहिलो बैठकबाट विज्ञहरूको सहभागितामा वार्षिक कार्ययोजना तयार पारिने छ ।

३. आवश्यकताको आधारमा क्षेत्रीय समिति बिस्तार गरिने छ ।

४. क्षेत्रीय समितिलाई आईसीसीले सम्बोधन गरेको छैन । यसलाई आईसीसीको विधानमा राखी आइसीसीबाट पनि सहयोग गर्ने वातावरण बनाउन पहल गर्दै थप अधिकार दिलाउने छु ।

ङ. ज्ञान पुँजी र सीप नेपाल लैजाने अभियान
१. जापानमा भएका सरकारी तथा गैर सरकारी निकायहरूसँग समन्वय गर्दै नेपालमा विदेशी लगानी बढाउनका लागी पहल गर्ने छु ।

२. जापानमा अध्ययन गरी विज्ञता हासिल गरी नेपाल फर्कन इच्छुकहरूलाई नेपाल सरकारसँगको समन्वयमा जापानमा सिकेको ज्ञान सीप प्रयोग गर्ने गरी व्यवसाय सञ्चालनका लागी आवश्यक सहयोग तथा जापानमा भएका कम्पनीहरुसँग समन्वय गर्न सहयोगी भूमिका निर्वाह गरिने छ ।

३. एनआरएनए जापानको लगानी कोष स्थापना गरी नेपालमा लगानी गर्नका लागी विज्ञहरूसँगको सहकार्यमा कार्ययोजाना तयार गर्नेछु ।

च. मिनी नेपाल र नेपाली भाषा केन्द्र स्थापना
१. प्रत्येक क्षेत्रीय समिति भएको ठाउँमा त्यहाँका स्थानीय सरकार र एनआरएनएलगायत विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी नेपाल र नेपालीको पहिचान झल्काउने खालको मिनी नेपालको अवधारणा सहित नेपाली भाषा केन्द्रको स्थापना गरिने छ ।

२. नेपालको कला संस्कृतिको संवर्द्धन गर्न वर्षको एक पटक जापान भरी एकै पटक बृहत् कार्यक्रम आयोजना गरिने छ ।

छ. हाल सम्म प्रत्येक वर्ष नेपाल फेस्टीबलको आयोजना गर्दै आइरहेको क्षेत्रमा निरन्तरताका लागी पहल सहित सुरुवात नभएका क्षेत्रमा पनि सुरु गराउन पहल गरिने छ ।

ज. नेपाली दूतावाससँगको सहकार्यमा सुरुवात भएको घुम्ती सेवालाई अझै प्रभावकारी रूपमा निरन्तरता दिनका लागी आवश्यक पहल गरिने छ ।

झ. जापानवासी नेपालीहरू र जापानिजहरु बिच आवश्यक सहकार्य तथा समन्वयका लागी जापानमा भएका सबै सघसंस्थालाई एकत्रित गरी एनआरएनए जापानले अभिभावकीय जिम्मेवारी निर्वाह गर्नेछ ।

तपाईको प्रतिक्रिया