Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आलाकार्टा प्रणाली लागू गर्ने क्रममा सरकारलाई च्यानल शुल्क र बुके (च्यानलको प्याकेज शुल्क) उपलब्ध गराउन अटेर गर्ने विदेशी च्यानलको प्रसारण आज शोमबार देखि रोकिने भएकाे छ । सूचना तथा प्रसारण विभागले यसअघि नै सूचना जारी गरी यसबारे स्पष्ट पारिसकेको छ । यसबाट सःशुल्क (हेर्नका लागि पैसा तिर्नुपर्ने) टेलिभिजन च्यानलको प्रसारण मात्र प्रभावित हुनेछ ।

विभागका प्रवक्ता तथा निर्देशक भरत गौतमले निर्धारित समय अवधिभित्र डिजिटल सिस्टम अफ नेपाल (डीएसएन) ले मात्रै आवश्यक विवरण उपलब्ध गराएको जानकारी दिए । “अन्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि च्यानल शुल्क र बुके उपलब्ध गराएको भन्ने सुन्नमा आएको छ,” उनले भने ।

डीएसएनले नेपालमा सोनी, कलर्स र डिस्कभरी नेटवर्कका टेलिभिजन च्यानलको डाउनलिङ्क अनुमति पाएको छ । भारतीय च्यानल प्रसारक संस्थाहरूले भने नेपाल सरकारकाे आलाकार्टा प्रणाली विराेध गरिरहेका छन् । उनीहरूले प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने अडान लिएका छन् । अटेर गर्ने टेलिभिजन च्यानलकाे प्रसारण रोक्का हुने सन्दर्भमा हामीले विभागका प्रवक्ता गौतमलाई सोधेका थियौं । जवाफमा उनले भने, “केही नेटवर्कले यसअघि नै आवश्यक शुल्क बजारबाट उठाइसकेका छन् । ग्राहकले शुल्क बुझाइसकेको अवस्थामा च्यानलको प्रसारण रोकिहाल्ने अवस्था पनि रहेन ।”

ग्राहकबाट च्यानल शुल्क सङ्कलन गरी रकम विदेश लगिसकेको अवस्थामा उक्त रकम ‘एडजस्ट’ (मिलान) गरिने र शुल्क उठाउन बाँकी रहेका तथा एडजस्ट गर्दा नपुग्ने च्यानलको हकमा भने प्रसारण रोकिन सक्ने उनले बताए ।”यो सबै विभागको हातको विषय मात्रै होइन,” उनले भने, “यसका लागि मन्त्रालयसहितको एउटा समिति बनेको छ । त्यहीँबाट आवश्यक निर्णय हुनेछ ।” ग्राहकले च्यानल रोजेर खरिद गर्न पाउने र निर्धारित शुल्क मात्रै तिरे हुने आलाकार्टा प्रणाली लागू गर्दा ग्राहकलाई टेलिभिजन शुल्क सस्तो पर्ने सरकारकाे दाबी छ ।

 

तपाईको प्रतिक्रिया