Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – वायुसेवा कम्पनीहरूले हवाई भाडा ६ प्रतिशत बढाएका छन् । सरकारले मूल्य अभिवृद्धि कर लगाएपछि हवाई भाडा बढेको हो ।

नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी आन्तरिक उडानमा भाडा वृद्धि गर्ने जानकारी दिएको थियो । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाई यातायात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले सेवा शुल्कबापत १३ प्रतिशत भ्याट लगाएको छ ।

तर, हवाई टिकटमा भ्याट कार्यान्वयन गरेपनि १३ प्रतिशतकै दरमा शुल्क बढाइएको छैन । हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्रीलगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढाइएको हो ।

तपाईको प्रतिक्रिया