Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – कर्णाली प्रदेशमा रहेका धन्नै ४ लाख घरमा स्टिकर टाँसिने भएको छ। घरको मुल ढोकामा सुरक्षा सम्बन्धी कुनै समस्या भएमा, शंकास्पद चिजबस्तु देखेमा वा थाहा पाएमा तपशिलको प्रहरी नम्बरमा खवर गर्नुहोस् भनेर लेखिएको स्टिकर कर्णालीका सबै घरमा टाँसिने भएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रहरी, एम्बुलेन्स दमकल लगायतको नम्बर रहेको सुचना स्टिकर घरको मुल ढोकामा टाँस्ने भएको हो। जिल्ला प्रहरी कार्यालयले आइतबार दशैं जिल्लामा एकसाथ स्टिकर टाँस अभियान सुरु गरेको थियो। कर्णालीमा कुनै पनि नागरिक असुरक्षित भए वा कुनै पनि दुर्घटना भएर खवर गरे तत्काल प्रहरी टोली पुग्ने मुख्य उद्देश्य रहेको छ। स्थानीय प्रहरी चौकीदेखि ईलाका प्रहरी कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालयसम्मको सम्र्पक नम्वर राखिएको हुन्छ। नागरिकको समस्य नसुनेमा माथिल्लो प्रहरी कार्यालयहरुमा फोन गरेर गुनासो गरे तत्काल कारवाही समेत गर्ने जनाइएको छ।

सुरक्षित कर्णाली प्रदेश अभियान अन्र्तगत घरघरमा स्टिकर टाँस अभियान आइतवारबाट कर्णालीका १० जिल्लामा लागू गरिएको हो। सुर्खेतमा प्रदेश प्रहरी कार्यालयले उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वीरेन्द्रनगर पालिका –२ कोलडाँडाँस्थित चन्द्रा विकको घरमा स्टिकर टाँस गरेर अभियानको उद्घाटन गरेका थिए। कर्णालीका सबै घरहरुमा टाँसिएको स्टिकरमा कुनै शंकाष्पद चिजवस्तु वा गतिविधी देखेको वा थाहा पाएको वा तपाईलाई सुरक्षा सम्बन्धी कुनै समस्या गरी सहयोग लिनु परेमा निम्न नम्बरमा फोन गर्नुस् भनेर लेखिएको हुन्छ।

सुचनामा प्रहरीको सहज पहुँच, प्रहरी र नागरिकविच सुमधुर सम्बन्ध बनाउन, प्रहरीको सेवाप्रति विश्वास बढाउन, अपराध रोकथाम र अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन, अपराध र अपराधिक तत्वहरु निरुत्साहित बनाउन लगायत उद्देश्यले जानकारीसहितको स्टिकर टाँस्ने अभियान चलेको हो। मुख्यत अपराध रोक्ने र अपराधिहरु कानुनी दायरामा आउनलाई यो अभियानले सहयोग गर्ने वक्ताहरुले बताए।कम्तिमा ३ जना प्रहरी आफ्नो जिम्मेवारी क्षेत्रका घरहरुमा पुगेर मुल ढोका, कार्यालय, स्कुलमा प्रवेशद्धारमा स्टिकर टाँस गर्नेछन्। उनीहरुले घरमुलिको नाम, फोन नम्बर, परिवार संख्या, पेशा र ब्यवसाय लगायतका विवरण संकलन गर्नेछन्। सुरक्षित कर्णाली विशेष अभियान २०८० वैशाख १ गतेबाट विशेष कार्य योजनासहित कार्यान्वयनमा ल्याइएको थियो। १४ वटा कार्यक्षेत्रहरु र सो अन्र्तगत विभिन्न ७४ वटा क्रियाकलापहरु राखिएका छन्।

कर्णाली प्रदेशको समस्याका रुपमा बढ्दै गइरहेको लागूऔषध, साईबर अपराध, आत्महत्या, सवारी दुर्घटना, विपद्, घरेलु हिसां जस्ता विषयहरुमा सचेतना कार्यक्रमहरु भइरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले बताए। दशैंपछि हिमपात हुने भएकाले हिमाली जिल्लाहरुमा तत्काल नै स्टिकर टाँस गर्ने कार्ययोजना रहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशभर रहेका ३ महिनाभित्र धन्नै ३ लाख घरधुरीमा स्टिकर टाँस गरिने लक्ष्य रहेको छ।

तपाईको प्रतिक्रिया