Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – शरणार्थी प्रकरणमा १५ लाख धरौटीमा छुटेका केशव तुलाधर बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौँबाट १५ लाख धरौटी बुझाएर छुटे लगतै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो ।

गत बिहीबार काठमाडौं प्रहरी परिसरले नक्कली शरणार्थी प्रकरणमा फरार रहेका तुलाधरलाई पक्राउ गरेको थियो । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आइतबार उनीसँग १५ लाख धरौटी माग गरेको थियो ।

तुलाधरको नाममा ललिता निवासको २ रोपनि जग्गा देखिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । तुलाधर पक्राउ परेसँगै बालुवाटार जग्गा प्रकरणमा २० जनाको थुनछेक आदेश भएको छ । यी मध्ये तुलाधरसहित ३ जना धरौटीमा छुटेका छन् । तुलाधर १५ लाख, टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन ५ लाख धरौटीमा छुटेका हुन् । अरू १७ जना भने पुर्पक्षका लागि थुनामा छन् ।

११ जना भने अझै फरार छन् । प्रहरीले बालुवाटार जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान थाल्ने भएपनि महिनौं बित्दा पहिलेकै प्रतिवादी पक्राउ गर्न सकेको छैन । अझै रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजि राइका छोरा निरज लगायत फरार छन् ।

तपाईको प्रतिक्रिया