Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानेहरुका कागजात शंकास्पद देखिन थालेपछि अध्यागमन विभागले कडाइ गरेको छ । तोकिएका कागजातहरु पेश गरेमा मात्र प्रस्थान अनुमति दिने भन्दै विभागले आइतबार एक विज्ञप्ति निकालेको छ । अब वैदेशिक रोजगारीमा जानेहरुले अन्य भाषामा भएका भिसा अनिवार्य रुपमा अंग्रेजी भाषामा अनुवाद गरी नोटरी समेत गरी पेश गर्नुपर्ने जनाएको छ । यस्तै भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति/सम्झौता पत्रमा उल्लेख भएको रोजगारदाताको नाम र पेशा एउटै हुनुपर्नेछ ।

यस्तै, प्यारेन्ट कम्पनी तथा होल्डिङ कम्पनीसँग सम्झौता गरी श्रम स्वीकृति लिएको भए ती ‘प्यारेन्ट कम्पनी/होल्डिङ कम्पनी’ले उक्त कम्पनी आफू मातहतको कम्पनी हो भनेर लेखेको आधिकारिक पत्र पेश गर्नुपर्नेछ । कुवेत जाने श्रमिकहरुको ईभिसाका सम्बन्धमा सम्बन्धित म्यानपावर कम्पनीले सम्पूूर्ण जिम्मेवारी लिइ प्रतिबद्धतात्र पेश गर्नुपर्ने अध्यागमन विभागले जनाएको छ । विभागले अर्को निर्णय नगर्नसम्मको लागि यो नियम लागू हुनेछ । पछिल्लो समय वैदेशिक रोजगारीमा जान तयार भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकाहरुलाई अध्यागमन विभागले विमानस्थलबाटै फर्काएको भन्दै म्यानपावर व्यवसायी आक्रोसित छन् । यही असार २७ र २८ गते कुवेत जान लागेका एक सय १७ जना श्रमिकलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काएको थियो

। यस्तै त्यसको तीन दिन अगाडि पनि वैदेशिक रोजगारीमा जोर्डन जान लागेका १४ महिलासहित १५ जना श्रमिकलाई अध्यागमनका कर्मचारीले कागजात नमिलेको, भिसामा शंका लागेको भन्दै फर्काएका थिए । यसैको विरोधमा आइतबार व्यवसायीहरुले अध्यागमन विभाग घेराउ गर्दै विभागका महानिर्देशकको राजीनामा पनि माग गरेका छन् । श्रम स्वीकृति लिई, सबै कानुनी प्रक्रिया पूरा गरेर जान लागेका श्रमिकलाई यसरी फर्काएर अध्यागमनले मनपरि गर्न खोजेको व्यसायीहरुको आरोप छ । अध्यागमनले आफ्नो कार्यमातहत बाहिरको काम गरेको भन्दै उनीहरु आक्रोशित छन् ।

 

तपाईको प्रतिक्रिया