Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – वायु सेवा सञ्चालक कम्पनीहरुले दिने हवाई यात्राको सेवामा पनि भोलिबाट मूल्य अभिवृद्दि कर (भ्याट) लाग्ने भएको छ । सोमबारबाट नयाँ आर्थिक वर्ष सुरु हुने भएकोले सरकारले बजेटमार्फत ल्याउने भ्याट लाग्ने उक्त नियम कार्यान्वयनमा हुने भएको हो ।

वायु सेवा सञ्चालक संघले एक विज्ञप्ती जारी गरी हवाई सेवा सञ्चालक कम्पनीहरुलाई भ्याटमा दर्ता हुन आह्वान समेत गरेको छ । भ्याट लाग्ने भएपछि हवाई सेवा कम्पनीहरुले हवाई यात्रामा लाग्दै आएको भाडा दर पनि ६ प्रतिशतले बढाउने भएका छन् ।

खास गरी भ्याट १३ प्रतिशत लाग्दछ । तर, हवाइ इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा हवाई सेवा कम्पनीहरुले तिरेको भ्याट फिर्ता हुने भएकोले उनीहरुले ६ प्रतिशत मात्र हवाई भाडामा भ्याटबापतको रकम समायोजन गर्न लागेका छन् । यात्रुका लागि भने भोलिबाट ६ प्रतिशतले हवाई भाडा बढ्ने भएको छ ।

तपाईको प्रतिक्रिया