Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी रास्वपा र राप्रपाले अवरोध गरेका हुन् । उनीहरूको अवरोधले बैठक १५ मिनेटका लागि स्थगित भएको छ । रास्वपाका सांसदहरू बेल घेराउमा गएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० को प्रक्रिया नमिलेको भन्दै ती दलले विरोध गरेका हुन् । उनीहरूले विधेयकको पनि विरोध गरेका थिए । विधेयक संशोधन हुनुपर्ने उनीहरूको माग छ ।यसअघि रास्वपाकी सांसद सुमना श्रेष्ठले हिंसालाई प्रोत्साहन गर्ने गरी विधेयक आएको भन्दै प्रश्न गरेकी थिइन् । त्यस्तै, विधेयकको छलफलका लागि दिइएको समय अपुग रहेको भन्दै ती दलका सांसदले आपत्ति जनाएका थिए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भने हिंसालाई प्रोत्साहत गर्ने गरी विधेयक नल्याइएको प्रस्टीकरण दिएका थिए । उनले विधेयकको छलफलका लागि ७२ घण्टा पूरा समय भएको बताएका थिए ।

 

तपाईको प्रतिक्रिया