मंगलबार, जेठ १५, २०८१
Tuesday, May 28, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र हिरा सि‌+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मूलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

मलेसियन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा डायमन्ड फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएको छ ।

तपाईको प्रतिक्रिया