Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन प्रहरीको थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

प्रहरीको सीआईबीले यो प्रकरणमा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालतले प्रहरीको हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो ।

यो प्रकरणमा सरकारका बहालवाला सचिव कृष्णबहादुर राउत र व्यवसायी मीनबहादुर गुरुङसहित १७ पक्राउ परेका छन् । यो प्रकरणमा पक्राउ परेका राउत र गुरुङलगायतले सर्वोच्च अदालतमा आफूलाई गैरकानुनी थुनामा राखेको भन्दै रिट दायर गरेका छन् । सो रिटमाथि सर्वोच्चमा सुनुवाइ भइरहेको छ ।

तपाईको प्रतिक्रिया