Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – साताको कारोबार पहिलो दिन सेयर कोराबार मापक नेप्से परिसूचक १२.१६ अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक १२.१६ अंकले बढेर २ हजार ९७.०९ अंक कायम भएको हो। यसअघि साताको कारोबार अन्तिम दिन नेप्से परिसूचक १२.६२ अंकले घटेर २ हजार ८४.९३ अंक कायम भएको थियो।

नेप्सेका अनुसार आइतबार २ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। तर गएको बिहीबार भने ३ अर्ब ३९ करोड ६ लाख रुपैयाँबराबर कारोबार भएको थियो। आइतबार कारोबार भएका ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

 

तपाईको प्रतिक्रिया