Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अमेरिकामा पछिल्लो १६ दिनदेखि अत्यधिक गर्मी बढेको छ । गर्मीको ग्राफ बढिरहेका बेला मौसमविदहरूले दक्षिण–पश्चिम क्षेत्रमा लूको तह खतरनाक स्तरमा पुग्ने चेतावनी दिएका छन् ।राष्ट्रिय मौसम सेवाले शनिबार गर्मीको प्रभावलाई कम आकलन नगर्न चेतावनी दिएको छ। गर्मीले लगभग एक तिहाइ अमेरिकीहरू प्रभावित भएका छन्। फ्लोरिडादेखि क्यालिफोर्निया र अहिले वासिङ्टन पनि गर्मीको चपेटामा छ ।

संसारकै सबैभन्दा तातो मानिने क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम ५३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। लस भेगास र नवाडाजस्ता ठाउँहरूमा केही दिनमा तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने ठानिएको छ । अमेरिकामा हरेक वर्ष गर्मीका कारण करिब ७०० जनाको मृत्यु हुने गरेको छ । देशमा अर्को सातासम्म चर्को गर्मी जारी रहने अनुमान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया