आइतबार, जेठ १३, २०८१
Sunday, May 26, 2024

काठमाडौँ – नेपाली बजारमा आज सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ३ सयले नै घटेर प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा स्थिर छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६९ रुपैयाँ पैसा कायम गरेको छ ।

 

तपाईको प्रतिक्रिया