Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड प्रस्थान गर्दैछन् । बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो ।

आज दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ । उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल छैनन् ।

तपाईको प्रतिक्रिया