Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

नागोया – गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा राजकुमार अधिकारीले  उम्मेदवारी घोषणा गरेका छन् । शनिबार जापानको तेस्रो ठूलो शहर नायोयामा पत्रकार सम्मेलन गर्दै वर्तमान उपाध्यक्ष अधिकारीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।एनआरएनए जापानको अधिवेशनको चहलपहल बढिरहँदा अधिकारीले आफू नेतृत्वमा पुगेपछि गर्ने कामको कार्ययोजना पनि प्रस्तुत गरेका छन् । पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै अधिकारीले आफूलाई धेरै बोल्न नआउने तर काममा सधैँ इमानदारिता पूर्वक लागेको र भविष्यमा पनि लाग्ने प्रतिबद्धता जनाए ।‘ठूला कुरा गरेर मात्रै हुँदैन, यति ठूलो संख्यामा नेपाली भएको जापानका हरेक नेपाली लाई समस्या पर्दा अभिभावकको भूमिका निर्वाह त गर्नु नै छ,’ उनले भने, ‘त्यस बाहेक पनि एनआरएनए सबै नेपालीले आफ्नै संस्था हो भन्ने महसुस हुने गरी काम गर्ने छु ।’‘यसअघि एनआरएनए जापानको अध्यक्ष पदमा नागोयाबाट एनआरएनए आईसिसि सदस्य दीपक कार्की पनि उठ्ने चर्चा चलेपनि उहाँले मलाई सहयोग गर्ने’ अधिकारीको भनाई छ । ‘हामी एकजुट भएर अघि बढ्ने छौँ,’ उनले भने । लगतै दीपक कार्कीले पनि राजकुमार अधिकारीलाई अध्यक्ष बनाउन आफूपनि लागि पर्ने उद्‌घोष गरेका हुन् ।पत्रकार सम्मेलनमा एनआरएनए अभियानमा लागेकाहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनएले आफ्नो लक्ष्यअनुसार गन्तव्य पच्छाउन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरेका थिए ।कार्यक्रममा एनआएनए आईसिसि सदस्य दीपक कार्की, एनआरएनए जापानका सचिव श्याम शीतल, एनआरएनए जापानका पूर्व उपाध्यक्ष डिलाराम खरेल, पूर्व महासचिव डा सुदिप अधिकारी, पूर्व सचिव डा सरोज कँडेल, पूर्व सचिव विष्णु प्रसाद घिमिरेले मन्तव्य राख्दै शुभकामना दिएका छन् ।पूर्व प्रवक्ता सन्देश पोखरेल, पूर्व कार्य समिति सदस्य एवं गुल्मी समाज जापानका उपाध्यक्ष बाबुराम खरेल एनआएनए नायोयाका संयोजक मनोज बम मल्ल, नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार एवं नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष कविकिरण न्यौपानेदर्शन समाज जापानका संरक्षक सुरज मल्ल, प्रवासी नेपाली मञ्च नागोयाका अध्यक्ष नरेश राई प्रवासी नेपाली सम्पर्क विभाग (चुबु) सभापति हरि श्रेष्ठ , दर्शन समाज नागोयाकी महिला संयोजक विमला हमाललगायतले पनि अध्यक्षका उम्मेदवार राजकुमार अधिकारीलाई सुझाव एवं शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया