Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गलकोट नगरपालिका-५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त छन् । ११ वर्षअघि विद्यार्थी भिसामा जापान गएका बस्नेत ८ वर्ष उतै बसे ।

कोराना कहरको समयमा नेपाल आएका उनी फेरि जापान फर्किन चाहेनन् । कोरोनाकालमा धेरै नेपाली समस्यामा परेको सम्झिँदै बस्नेतले आत्मनिर्भर हुन कोरोनाले पाठ सिकाएको बताउँछन् । ८ वर्षको जापान बसाइँ टुङ्गाएर उनले गलकोट नगरपालिका–९ गल्याङमा आधुनिक फार्म बनाएर बाख्रापालन गरिरहेका छन् ।

बस्नेतले गल्याङमा झण्डै तीन रोपनी जग्गामा समुन्नत एग्रो फार्म स्थापना गरी बाख्रापालन पालेका छन् । उनले बाख्रापलनमा आधुनिक प्रविधिको प्रयोग तथा वैज्ञानिक प्ररकारको खोर व्यवस्थापन गरेका छन् । बाख्रापालनका लागि विदेशबाट आयातित घाँस खेतीसमेत गर्दै आएको उनी बताउँछन् ।

बागलुङको गलकोटका युवा धेरैजसाे जापान जाने गरेका छन् । गलकोटलाई पछिल्लो समय जापाने गाउँसमेत भन्ने गरिन्छ । त्यही जापाने गाउँका बस्नेतले भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ तीन वर्षदेखि बाख्रापालन गरिरहेका छन् ।

उनकाे बाख्रापालनमा झण्डै ४० लाख रुपैयाँ लगानी भइसकेको छ । ‘कोरोनाको समयमा नेपालमा आएको थिएँ, फर्कन मन लागेन’, बस्नेतले भने । उनले जापानमा दुःख गरेको कमाइलाई व्यावसायिक काममा लगानी गर्ने सोच आएपछि बाख्रापालनमा लागेकाे बताए । अहिले सम्मुनत एग्रो फार्ममा ७० वटा बाख्रा, बोका र पाठापाठी छन् ।

बस्नेतले बाख्रापालनका लागि आधुनिक र प्रविधिमैत्री खोर बनाएका छन् । उनले खोर बनाउनमै लाखौँ लगानी गरेका थिए । दुई सय बाख्रा क्षमताको आधुनिक खोर छ भने बाख्रा फार्म वरपरको जग्गा तारबार गरेर व्यवस्थितसमेत गरेका छन् ।

‘विदेशको दुःखसमेत भोगियो, नेपालमै केही गर्न सकिन्छ भन्ने अठोट गरेर फार्म स्थापना गरेको हुँ, अहिले बाख्राका पाठा–पाठी हुर्काउन आवश्यक दूधका लागि दुई वटा गाईसमेत पाल्दै आएको छु, पहिलो वर्ष फार्म स्थापना गरियो, दोस्रो वर्ष जन्मेका सबै पाठा तथा पाठी हुर्काइयो, तेस्रो वर्ष मात्रै ५० वटा बोका बिक्री गर्न सफल भइयो’, उनले सुनाए ।

हालसम्म १२ देखि १५ लाख आम्दानी भए पनि उक्त आम्दानी फार्म विस्तारमै खर्च गरेकाे उनले बताए । सम्मुनत एग्रो फार्ममा बोयर जातका बोका तथा बाख्रा हुर्किरहेका छन् । बाख्रा फार्ममा उन्नत जातको उत्पादित घाँस बढी प्रयोग गर्दा नाफा गर्न सकिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया