Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – शनिबार पनि कर कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्। आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै ठूला, मध्यमस्तरीय, आन्तरिक राजस्व र करदाता सेवा कार्यालयहरु तथा राजश्व संकलन गर्ने बैंक शाखा एवं काउण्टर खुला रहने जनाएको हो।

आयकरको किस्ता रकम दाखिल गर्नुपर्ने करदाताले कारोबारको अनुमानित करको विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को अनुमानित करको शतप्रतिशत रकममध्ये तेस्रो किस्ता असार मसान्तभित्रै बुझाउन पनि विभागले आग्रह गरेको छ।

आर्थिक वर्षको अन्तिम भएकाले अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले कर र राजस्व संकलनका लागि असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई आग्रह गरेको थियो । सोही बमोजिम गत शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहेका थिए।

 

तपाईको प्रतिक्रिया