आइतबार, जेठ १३, २०८१
Sunday, May 26, 2024

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सो क्रममा विप्लवले पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा छोरीहरू रेणु र गङ्गा दाहालप्रति समवेदना प्रकट गरेका थिए ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत स्थायी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया