मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

एजेन्सी – बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सबन्ध गर्दागर्दै बिरामीको मृत्यु भएको पता लागे पछि अस्पतालले उनलाई जागिरबाट निकालिएको छ । सो क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् ।

नर्सले बिरामीको यौन सम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो । भनिएको छ कि, जब मेडिकल आपतकालीन कर्मचारीहरू पार्किङ स्थलमा पुगेका थिए, उनीहरूले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए ।

ती बिरामीको वेल्सको अस्पतालमा डायलिसिसको उपचार भइरहेको थियो र यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण उनको मृत्यु भएको थियो। मिडिया रिपोर्टका अनुसार द टाइम्स यूकेका अनुसार बिरामीको मृत्यु कार्डियक अरेस्ट र क्रोनिक मृगौला रोगका कारण भएको थियो।

नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी) प्यानल समक्ष विस्तृत अनुसन्धान र परीक्षणको माग गरिएको थियो ।

मिडिया रिपोर्ट अनुसार अभियुक्त नर्सका सहकर्मीहरूलाई मृतक बिरामीसँग उनको सम्बन्ध रहेको बारेमा थाहा थियो र उनीहरूमध्ये केहीले उनलाई गम्भीर परिणामहरूको चेतावनी पनि दिएका थिए । तर उनले यी सुझावहरूलाई बेवास्ता गर्दै निरन्तर यौन सम्पर्कका लागि बिरामीसँग सबन्धमा रहेकी थिइन् ।

नर्सले आफ्नो पेशाको मर्यादा मात्र उल्लङ्घन गरेकी थिइन्, एम्बुलेन्स नबोलाएर र डाक्टरलाई पनि हृदयाघात भएको बारेमा जानकारी नदिई लुकाएकी थिइन । बरु, उनका साथीहरूले कारमा बिरामी छटपटिएको देखेपछि अरूलाई बोलाएका थिए ।

द टेलिग्राफका अनुसार, नर्सले भनिन् कि उनले कारको पछाडि ‘३० देखि ४५ मिनेट’ मात्र बिताएकी थिइन । उनले काउन्सिलमा दिएको बयान अनुसार सो क्रममा बिरामी एक्कासि कराउन थालेको र मृत्यु भएको बताएकी छिन्। सुरुमा सबन्ध अस्वीकार गर्दै आएकी ती नर्सले पछि भने ती बिरामी पुरुषसँगको सम्बन्ध स्वीकार गरेकी थिइन र आफूले त्यो रात यौनका लागि भेटेको पनि बताएकी थिइन ।***

तपाईको प्रतिक्रिया