Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बेला-बेला विवादमा परिरहने राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीका पीए दाबी गर्ने (बैतडी स्थायी घर भएका) श्रीकान्त रानाले बैतडीको डिलासैनी गाउँपालिकामा पनि नियुक्ति लिएको खुलेको छ । करिब ४५ महिना अघि रानाले डिलासैनीमा राजनैतिक नियुक्ति लिएको खुलेको हो ।

सद्भावना दूत एवं स्वयंसेवकका रूपमा रानाले नियुक्ति लिएर भत्ता पचाइरहेको बताइएको छ । अहिले सो विषयलाई लिएर व्यापक आलोचना पनि भइरहेको छ । दोहोरो जिम्मेवारी लिएर सरकारी सेवासुविधा लिइरहेका उनको बारेमा विभिन्न टीकाटिप्पणी सुरु भएका छन् ।

जनप्रतिनिधिलगायतको नजिक रहेर उनले सो नियुक्ति लिएको आरोपसमेत लागेको छ । गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले भने यस विषयलाई स्वाभाविक लिनुपर्ने जनाएका छन् । उनले समाजमा रहेका विकृति न्यूनीकरण तथा सामाजिक सद्भाव कायम गर्नका लागि नियुक्ति दिइएको बताए । उनका अनुसार अन्य ४ जना दूतका रूपमा क्रियाशील छन् ।

उनीहरूको सेवा सुविधाका सन्दर्भमा भने एउटा कार्यविधि बनाएर सोही अनुसार (भत्ता) दिने गरेको पालिकाका अध्यक्ष जोशीले बताए । तर के कति भन्नेबारे भने उनले खुलाउन चाहेनन् । डिलाशैनीकै कर्मचारीहरूले पनि यसको विरोध गरेका छन् । पालिकाका एक कर्मचारीले यो सबै कार्यकर्ता पोस्न गरिएको र यसरी राजनैनिक रूपमा नियुक्ति दिइएको आरोप लगाए । गाउँ कार्यपालिकाबाट कार्यविधि बनाएर उनीहरूलाई नियुक्त गरिएको थियो ।

तपाईको प्रतिक्रिया