Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – श्रीलङ्कामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता नेपालले खराब सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग ४ विकेटको हार बेहोरेको हो ।

नेपालले दिएको १८० रनको लक्ष्य पछाएको पाकिस्तान ए ले ३२.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो ।

नेपालको शीर्ष ब्याटिङ क्रम फेल भएको अवस्थामा ब्याटिङ गर्न आएका सोमपाल कामीले शानदार ब्याटिङ गरेका थिए । सोमपालले ७५ रनको पारी खेलेका थिए ।  सोमपालले प्रतिष जिसीसँग नवौँ विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए भने दशौँ विकेटका लागि ललित राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए ।

नेपालका कुशल भुर्तेल १ रन, आसिफ सेख १२, कप्तान रोहित पौडेल ४, भीम सार्की ०, अर्जुन साउद १७, कुशल मल्ल १७, पवन सराफ १, गुलशन झाले १३, प्रतिष जिसीले २६ र ललित राजवंशीले अविजित १ रन बनाएका थिए ।

पाकिस्तानका बलर शहनवाज दहानीले ५ विकेट लिए भने मुहमद वासिमले ४ विकेट तथा मुबसिर खानले एक विकेट लिएका थिए । नेपालले अब दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया