Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका तुलाधरलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ । तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।

यसअघि पक्राउ परेका १८ जनामध्ये जिल्ला अदालतमा थुनछेक बहसपछि हाल पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का तत्कालीन सचिव टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणसहित १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् भने दुई जना धरौटीमा रिहा भएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा चलाइएकामध्ये पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकसहित ११ जना अझै फरार छन् ।

तपाईको प्रतिक्रिया