Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ विन्दुमा अडिएको छ । नेप्से दोहोरो अंकले ओरालो लागेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। आज २९६ कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँमा खरिदबिक्री भयो।

२३ करोड मूल्य बढिको कारोबार गरी शिवम् सिमेन्ट शीर्षस्थानम रह्यो। यसैगरी सोल्टी होटल १७ करोड र हिमालयन लाइफ इन्स्योरेन्स १६ करोड मूल्य बढिको कारोबार गरी क्रमश : दोस्रो र तेस्रो स्थानमा रहे।

कारोबारमा आएका १३ उपसमूहमध्ये ३ बाहेक बाँकी सबै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। बैंकिङ,होटल्स एन्ड टुरिजम र म्युचुअल फन्डको सूचक बढ्दा बाँकी उपसमूहको सूचक घटेको हो।

तपाईको प्रतिक्रिया