Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीकी सांसद डा. तोसिमा कार्कीले आफूले बुधबार सीता दाहाललाई सम्झिनेक्रममा व्यक्त गरेका अभिव्यक्तिप्रति माफी मागेकी छन् । कार्कीले व्यक्त गरेको अभिव्यक्तिको सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि उनले आफूले बोलेको भिडियो पोष्ट गर्दै माफी मागेकी हुन् ।

उनले भनेकी छन्- ‘हिजो बोलिएका शब्दहरू तोडमोड विना जस्ताको तस्तै यस्ता थिए… फेरी पनि मेरा कुनै अभिव्यक्तिले या तोड मोड गरी राखिएको भिडियोले पनि कसैको मनोभावनामा ठेस पुगेको भए माफी माग्दै आदरणीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली पुन अर्पण गर्न चाहन्छु ।’

तोसिमाले बुधबार सीता दाहाललाई पेरिसडाँडामा श्रद्धा अर्पण गरेपछि मिडियाकर्मीसँग बोलेको विषय विवादित बनेको थियो । उनले भनेकी थिइन्- ‘प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन । आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नुहोला त भन्ने प्रश्न पनि आउन सक्छ ।’

दुःखद घडीमा तोसिमाले दिएको अभिव्यक्ति निक्कै कच्चा, अमानवीय र असंवेदनशील भएको भन्दै आलोचना भइरहेको छ ।

  • के भनेकी थिइन् ?

तपाईको प्रतिक्रिया