Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – ओमानको राजधानी मस्कट जान लागेका डेढ सय नेपालीमध्ये एक सय जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यरातमा फर्काइएका छन् । सलाम एअरको उडान नम्बर ओभी ४२६ मा मस्कट जान लागेका एक सयमध्ये ३८ जनालाई विमान चढ्नै लाग्दा फर्काइएका हुन् ।

उनीहरुको भिसा शंकास्पद रहेको आशंकामा साढे ९ बजे प्रस्थान कक्षको प्रतिक्षालयबाट अध्यागमन कर्मचारीले राहदानी जफत गरेका हुन् । ती सबै भौतिक निर्माण र घरेलु कामदारको रुपमा सिनामंगलस्थित युथ म्यानपावर, निलकमल म्यानपावर र चावहिलको इन्डेक्स म्यानपावरबाट उता जान लागेका थिए ।

कुल एक सय ५८ जना नेपाली श्रमिक यात्रुमध्ये ८२ जनालाई राति अबेरसम्म अध्यागमन कार्यालयले रोकेको थियो । बाँकी १८ जनाको नेपाल प्रहरीको मानव बेचबिखन व्यूरोबाट खटेको टोलीले राहदानी जफत गरेको बताइन्छ । बोर्डिङ पास लिएका १४० जनामध्ये ८२ जनालाई अध्यागम कार्यालयले फिर्ता पठाएको हो ।

साढे ९ बजे उड्नुपर्ने विमान पौने १२ बजे ५८ जना यात्रु बोकेर मस्कटतर्फ प्रस्थान गरेको थियो । ८२ जनालाई अध्यागमन विभाग कालिकास्थानमा आज सम्पर्क राख्न राति सवा १२ बजे विमानस्थलबाट फर्काइएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया