Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – लोक दोहोरी गायक सूर्य खड्काले जापानमा नेपालीहरुलाई झुमाएका छन् । परदेशी गायक भनेर चिनिने खड्काले आफ्नो प्रस्तुतिमार्फत दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाएका हुन् ।

बालकृष्ण कँडेल (हिमाल) को अगुवाईमा जुटेको सांगीतिक माहोलले सबैलाई नचाएको थियो । यतिसम्म कि, नेपालबाट आफ्ना छोराछोरी, नाति-नातिनीलगायत आफन्तजनहरूको कर्मथलो बुझ्न आएका बुढा बाबा-आमा समेत छमछमी नाचेका थिए ।यो माहौलमा बागलुङ गलकोटको घुम्टेको काखमा जन्मिएर हुर्किएका हरिचौरवासीहरुको आत्मियता झल्किएको थियो । हिरा शेरचन, दीपक केसी, नवगठित टाइगर ग्रुप अफ पोखरा जापान शाखाका अध्यक्ष चन्द्र खत्रीले स्वागत मन्तव्य राखेका थिए । नेपालबाट आफन्त भेट्न आएका ७७ वर्षीय नरबहादुर थापाले भावुक हुँदै हाम्रो नेपाल जापान जस्तो कहिले होला ? भन्दै प्रश्न गरे ।

जापानबाट आफ्नो कर्मथलो आयरल्यान्डलाई रोजेका हिमाल कँडेललाई बिदाइ पनि गरिएको थियो । कार्यक्रम सञ्चालक सन्तोष पुनको जन्मदिनको उपलक्षमा खुशी आदान-प्रदान गर्दै कार्यक्रम समापन भएको थियो ।***

तपाईको प्रतिक्रिया