सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापान एयरलाइन्स (जेएएल) ले भिन्न प्रकारको सेवा सुरु गरेको छ । जेएएलले यात्रुले आफ्ना कपडा बोकेर जानु नपर्ने गरी ‘लुगा भाडा कार्यक्रम’ सुरु गरेको हो ।

अब जापान पुगेपछि यात्रुहरूले लुगा भाडामा लिन सक्छन् र जापानमा जति दिन बस्छन् त्यही कपडा प्रयोग गरेर फर्कन सक्छन् । यसले बारम्बार जापान आउने यात्रुहरूलाई सजिलो हुनेछ भने उनीहरूले सामान बोक्नुपर्ने छैन । जापान एयरलाइन्स र जापानको एक प्रसिद्ध कम्पनी, सुमितोमो कर्पोरेसनले जेएएल उडानहरू प्रयोग गर्ने र सेवा प्रयोग गर्नु पछाडिको ‘वातावरणीय मूल्य’ बुझ्नेहरूका लागि ‘एनी वेयर एनी ह्वेयर’ परीक्षण कार्यक्रम सुरु गरेको छ ।

जेएएलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ को महामारीपछि धेरै मानिसले फेरि उडान प्रयोग गर्न थालेका छन् । यात्रुहरू आफ्नो आवास, यातायात, सामान आदिको लागि थप दिगो विकल्पहरू छनौट गर्न चाहन्छन् । अधिकांश यात्रुहरू विदेशमा आएर रेस्टुरेन्टमा खाना खान र होटलमा बस्न रुचाउँछन्, तर तिनीहरू प्रायः आफ्नै लुगाहरू घरबाट ल्याउँछन् ।’

यो योजना यस्तो वातावरण सिर्जना गर्न डिजाइन गरिएको हो- जहाँ यात्रुहरूले कपडा, खाना र आवास जस्ता सबै कुराको लागि स्थानीय विकल्पहरू प्रयोग गर्ने अवसर पाउनेछन्, जसले गर्दा यात्राहरूलाई थप दिगो अनुभवहरूमा परिणत गर्न सकिन्छ । एयरलाइन्सले भाडामा उपलब्ध कपडाको स्टक राख्नेछ । ‘यात्रुहरूको चेक-इन गरिएको सामानको वजनमा भएको परिवर्तनको अनुगमन गरिनेछ र परीक्षणको प्रभावलाई हेरिनेछ । सेवाले हवाईजहाजको वजनमा कमीबाट कार्बन डाइअक्साइड उत्सर्जनमा कमीलाई प्रमाणित गर्ने एयरलाइन्सको विश्वास छ ।

जापान आउने यात्रुहरूले आफ्नो यात्राको मितिभन्दा एक महिनाअघि नै ‘एनिवेयर एनिह्वेयर’ बुकिङ साइटमार्फत आफ्ना लुगाहरू बुक गर्न सक्छन् । आगन्तुकहरूले उपलब्ध स्टकबाट उत्तम लुगाहरू छनौट गर्न सक्छन् जुन उनीहरूको भ्रमणको उद्देश्य र मौसम अनुरूप छ । एयरलाइन्सका अनुसार कपडा पिकअप मितिको दुई हप्ता भित्र फिर्ता गरिसक्नुपर्नेछ ।

एयरलाइन्सका अनुसार ट्रायल कार्यक्रम अबदेखि ३१ अगस्ट २०२४ सम्म अर्थात १४ महिनासम्म चल्नेछ । यस अन्तर्गत यात्रुहरूले सबै मौसममा पुरुष र महिलाका लागि क्याजुअल र स्मार्ट क्याजुअल बुक गर्न सक्छन् । लुगा भाडा मूल्य लगभग २८ डलरबाट सुरु हुन्छ । ***

तपाईको प्रतिक्रिया