आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – अनेसास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आज टोकियोमा नितान्त पृथक साहित्यिक कार्यक्रम ‘कविताको लय र जीवनका रंगहरू’ हुँदै छ।

पछिल्लो समयमा जापानमा रहेको नेपाली समुदायमा नकारात्मकता, निराशा र थुप्रै आत्महत्या लगायतका दूर्घटनाहरू निम्तिरहेकाले यिनै कुराहरूलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको बताईएको छ। कार्यक्रममा सकारात्मकता तथा प्रेरणादायी कथाका वक्ता सुधन ज्ञवालीसहित कविहरू आनन्द अधिकारी, सविना रेग्मी र सुरज हुक्पा चोङवाङ आफ्ना कविताका साथमा उपस्थित हुने भएका छन्।
कविताको लय र जीवनका रंगहरू नाम दिइएको उक्त कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ ‘साहित्यिक रसस्वादन तथा जीवनबोध र प्रेमका कथाहरूले पक्कै पनि तपाईँ हाम्रो जीवनमा केही रंग थप्नेछन’ – अनेसास जापानका अध्यक्ष रविन शर्माले भने।कार्यक्रममा सबैको सहयोग र उपस्थितिका लागि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जापानवासी नेपालीहरूसंग अनुरोध गरेका छन्। कार्यक्रम टोकियो शिन-ओकुबोस्थित जापान ग्लास इन्डष्ट्रिको सभाहलमा सम्पन्न हुँदै छ ।***

तपाईको प्रतिक्रिया