Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – छत्तीसगढको बालोदमा चौथो बच्चा जन्माउने तयारी गरेको आरोपमा एक प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ । प्रहरी हवल्दारका तीन छोरी छन् भने छोराको चाहनामा चौथो सन्तान आउन लागेको बेला पीता प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

हवल्दारले आफनी श्रीमतीको सुत्केरी भएको भन्दै ८ दिन बिदा मागेका थिए । परिवारका सदस्यको संख्या सार्वजनिक हुने बित्तिकै नयाँ जनसङ्ख्या ऐनअनुसार उनलाई निलम्बन गरिएको छत्तिसगढ प्रहरीले जनाएको छ ।

राष्ट्रिय जनसङ्ख्या नीति र छत्तीसगढ निजामती सेवा आचरण, १९६५ को नियम ३ (१) को उल्लङ्घनका कारण हवल्दारलाई निलम्बन गरिएको हो । यस अन्तर्गत २६ जनवरी २००१ वाट दुईभन्दा बढी सन्तान जन्मेमा सरकारी सेवाका लागि अयोग्य ठहरिने भएकाले हवल्दार प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

यसैगरी, थप अनुसन्धान गर्दा दुई जना हेड हवल्दारले पनि यो कानुन उल्लंघन गरेको पाइएपछि उनीहरुलाई पनि कारण देखाउ नोटिस जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया