Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दार्चुलामा एक पुरुष बुहारी भगाएर सम्पर्कविहीन भएका छन् । जिल्लाको मार्मा गाउँपालिका-४ घोडेधारका गोविन्द विष्ट बुहारी लगेर सम्पर्कविहीन भएका हुन् ।

उनले सोही ठाउँका भतिजा नाता पर्नेकी श्रीमती अर्थात् बुहारी लगेको निवेदन परेको प्रहरीले जनाएको छ । बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर गोविन्द दुई हप्तादेखि सम्पर्कविहीन प्रहरीमा परेको निवेदनमा उल्लेख छ ।

जेठ २८ गते ‘माइत जान्छु’ भनेर गएकी श्रीमतीलाई काका लगेर फरार भएको जयन्तीका श्रीमान् शंकर विष्टले बताए । आफूले ३ वर्षसम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काकासँग भागेर उनको दुखेसो छ । घरमा जयन्ती र शंकरका दुई छोरा छन् ।

श्रीमतीको खोजीका लागि दार्चुला प्रहरीमा निवेदन दिएकोसमेत विष्टले बताए । कसैले देखेमा नेपालको लागि सम्पर्क नम्बर ९८६२५७७२४५र भारतमा ७०३७१४१७५७,९१२९१४३१२२ सम्पर्क गरिदिन आफन्त स्रोतले अनुरोध गरेका छन् ।

यता दार्चुला प्रहरीले उनीहरू भारत भागेको बुझिएको बताएको छ । नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर उनीहरूलाई खोजिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया