Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काँग्रेस महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् । एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उहाँले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताए ।

नेपाली काँग्रेस दोलखा-काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दावी समेत गरे । उनले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गर्ने बताए । दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाई थियो ।

महामन्त्री थापाले काँग्रेस बदलिए मात्रै देश बदलिने भएकाले काँग्रेस बदल्ने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

गगनले भनेको जस्ताको तस्तैः
संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताईदिनुस्। कहीँ हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन। नेपालमा आज किन पुरानो पार्टी संकटमा छन, थाहा छ?कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो। कुनै व्यक्तिको दोष होइन। तर यस्तो कहीँ हुन्छ? २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन। सबै ठाउँमा हुन्छ। यो डेमोक्रेसीमा कि लगातार चुनाव जितेको जित्यै हुन्छ। पार्टीहरु त्यसरी बन्दैन। पोलिटिक्समा पनि एक्जिटको व्यवस्था गरिएको हुन्छ। हामी कहाँ एक्जिटको व्यवस्था गरिएन। आन्दोलनको बेलामा पनि एक्जिट हुँदैन। म उमेरको पनि कुरा गर्दिन। कांग्रेसमा हामीभन्दा पनि पाको एकसेएक जोश भएको, सोच भएको नेताहरु हुुनुहुन्छ। हामी अमेरिकाको बाईडेनको कुरा गर्छौं। उमेर पनि होइन। त्यही अमेरिकामा एउटा व्यक्ति दुई पटक भन्दा बढि राष्ट्रपति नहुने परम्परा पनि छ नि त। प्रत्येक देशले केही न केही परम्परा बनाएको हुन्छ। कि दुई पटक भन्दा बढि राष्ट्रपति हुँदैन। बेलामा व्यक्ति चुनाव लड्छ। चुनाव लडदै गर्दा पार्टीले संसदीय दलको नेता छान्छ। उसको नेतृत्वमा पार्टी चुनावमा जान्छ। पार्टीे बहुमत ल्याएन भने त्यो मान्छे भोलीपल्टबाट राजनीतिमा बस्दै बस्दैन। एक पटक प्रधानमन्त्री छोडेपछि ऊ फर्केर प्रधानमन्त्री हुन आउँदैन बेलायतमा। प्रत्येक देशले यस्तो केही न केही परम्परा बनाएका छन के। पद्धति बनाएका छन्। अनि मात्र डमोक्रेसी चल्छ। अनि नेपालमा त्यो परम्परा बसाउनु परेन। नेपालमा त्यो परम्परा कसले बसाउँछ? अनि यो परम्परा र थिति बसाउने पार्टी कांग्रेस होइन? अनि कांग्रेसले थिति बसाउनु परेन? कहिले काँही व्यक्ति कुरा गर्‍यो भन्छन मान्छेहरु। व्यक्तिगत कुरा गरेको होइन। मैले नेपाली कांग्रेस भित्र भोली मेरो हकमा पनि त्यो कुरा लागू हुन्छ। मैले नेपाली कांग्रेसभित्र विधि बसाल्ने, थिति बसाल्ने कुरा गरेको हो। किन एउटै व्यक्ति ५ पटक, ६ पटक प्रधानमन्त्री बन्ने? उत्तर के हो त्यसको। यो कुनै गुटको कुरा होइन। कुनै आदरको कुरा होइन। सुरु गरौं न। खुला छलफल गरौं। नयाँ परम्परा र थिति बसाल्ने कुरा नगर्ने? यो गर्‍यौं भने मलाई अहिलेपनि के विश्वास छ भने कोही साथीहरु आत्तिनु पर्दैन। अघि नै यहाँ चर्चा भएको छ। आजको दिनमा नेपाली कांग्रेसले आत्मनिन्दा गरेर, कांग्रेस सक्कियो भनेर छाति पिटेर, रोएर, कराएर, बौलाएर हिँडेर पनि केही हुँदैन। सक्किएको छैन। कसैले सक्काएर सकिँदैन। राजाले सकेन, माओवादीले सकेन। बन्दुकले सकेन। कसले सक्छ? सकिन्छ यो? त्यसैले यो आत्मा निन्दा गरेर पनि नहिँडौं। हामीलाई कसैले सक्दैन भन्ने त्यो अहंकार पनि नराखौं। नेपाली कांग्रेसले आत्म निन्दा गरेर पनि हुँदैन। अहंकार पालेर पनि हुँदैन। कांग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्मा अवलोकन हो। आफ्नो बारेमा समिक्षा गर्नु पर्‍यो । कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ हेर्नोस्। यो देश बदल्नैपर्छ। बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ। तर कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ। म बदलिन तयार छु। म बदलिन तयार छ भनेको मैले पटकपटक भनेको छु–दाग लागेको कांग्रेसको महामन्त्री हुनु भन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो। सबै तयार हुनुपर्छ ।

तपाईको प्रतिक्रिया