Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – रौतहटको मौलापुर नगरपालिका -४ बौधा पतौरामा आमा-छोरीको हत्या भएको अवस्थामा शव फेला परेको छ । स्थानीय २४ वर्षीया कविता देवी साह र उनकी अन्दाजी २ वर्षीया छोरी रोही कुमारी साहको हत्या भएको हो ।

प्रहरी आज बिहान घटनास्थल पुगेर अनुसन्धान गरिरहेका छन् । छोरी रोहीको शव घरको पङ्खामा झुन्डिएको अवस्थामा र आमा कविताको शव आँगनमा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए । कविताको श्रीमान् वीरेन्द्र कुमार साह घटनापछि सम्पर्कविहीन भएका छन् ।

घटना पश्चात् भागेका वीरेन्द्रले नै श्रीमती र छोरीको हत्या गरेको स्थानीयको अनुमान छ । डिएसपी यादवले घटना शंकास्पद देखिएको र थप अनुसन्धान गरिरहेको बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि अस्पताल लगिने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया