Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चिनियाँ एक कम्पनीले बच्चा जन्माउन प्रेरित गर्दै बच्चा जन्माउने कर्मचारीलाई थप तलब दिने भएको छ । चीनको ट्रिप डटकमले आफ्ना कामदारहरूलाई जुलाई १ देखि प्रत्येक बच्चाका लागि ५० हजार युआन अर्थात ६ हजार ८९७ अमेरिकन डलर दिने घोषणा गरेको हो ।

जनसङ्ख्या सङ्कटसँग जुधिरहेको मुलुकमा ठूलो निजी कम्पनीले गरेको यो पहिलो पहल हो ।

कम्पनीका ४० करोड प्रयोगकर्ताहरू रहेका छन्। उसका अनुसार विश्वभरका आफ्ना कर्मचारीबाट जन्मने बच्चालाई ५ वर्षसम्म वार्षिक १० हजार युआन नगद अनुदान दिइनेछ । कार्यक्रमको लागत करिब १ अर्ब युआन हुनेछ ।

तपाईको प्रतिक्रिया