Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन हुने कुरा अफवाह मात्र भएको बताएका छन् ।

प्रेस युनियन कास्कीको पत्रकार भेटघाटमा उनले दलहरूसँग छलफल गर्नु सामान्य भएको बताए । ‘सबै अफवाह हो । भ्रम हो । संसद्मा सबै दलसँग छलफल त हुन्छ, छलफल हुँदैमा सत्ता गठबन्धन फेरिने होइन,’ उनले भने, ‘अहिले चलेको हल्ला मात्र हो । सत्यता छैन । हामी निश्चित लक्ष लिएर चलेका छौँ ।’ उनले अहिले गठबन्धन नफेरिने दाबी गरे ।

महतले नयाँ बजेटले देशको अर्थतन्त्र फरक उचाइमा पुग्ने बताए । ‘वैदेशिक मुद्राको सञ्चिति काफी धेरै छ । पर्यटन फस्टाउन थालेको छ,’ उनले भने, ‘यो बजेटले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ ।’

तर पुँजीगत बजेट साँघुरिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘पुँजीगत बजेट कम छ । त्यो पनि खर्च नहुँदा हालत के हुन्छ ?,’ महतले थपे, ‘अब खर्च प्रक्रियालाई सहज बनाउने छ । सिस्टममा परिमार्जन गरिएको छ ।’

महतले बजेट बाँड्ने कुरामा लोकप्रिय नभएपनि लक्ष लोकप्रिय भएको दाबी गरे । आगामी वर्ष आन्तरिक आम्दानी बढाउने र वैदेशिक लगानी परिचालनमा जोड दिने महतको भनाई छ ।

तपाईको प्रतिक्रिया