Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

पोखरा । पुष्पलाल-मध्यपहाडी राजमार्ग अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका(३ पाउदुरमा पहिराले गर्दा दैनिक सडक अवरुद्ध हुँदै आएको छ । साबिकका धौलागिरिका चार जिल्ला सहित सोही राजमार्ग हुँदै पूर्वी रुकुम र रोल्पासम्म पुग्ने नागरिक छिनछिनमा खस्ने पहिराले सडक अवरुद्ध हुँदा समस्या परेका छन् ।

एकतर्फी रूपमा मात्र यातायात सञ्चालन गरिँदै आएको साँघुरो सडकमा खसिरहने पहिरो र हिलोमा सवारी साधन फसेर सुत्केरी, बिरामी, जन्ती र यात्रुहरूलाई सास्ती भएपछि गण्डकी प्रदेश सरकारले विकल्प खोजी गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका-३ को पाउदुरको पहिरोले मध्य पहाडी लोकमार्गको पोखरा-बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले पहिराले सर्वसाधारण नागरिकले सास्ती पाएपछि विशेष चासो दिएका छन् । मन्त्री जुग्जाली सहित मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णबहादुर केसी, मध्य पहाडी लोकमार्ग आयोजनाका प्रतिनिधि ठाकुर भण्डारी, पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानिया, वडा अध्यक्ष फडिन्द्रप्रसाद पौडेल सहितको टोलीले बिहीबार बिहान पहिरोको स्थलगत अध्ययन गरी वैकल्पिक सडक सञ्चालन गर्ने निर्णय गरेको हो ।

ठूला सवारी साधनले राजमार्गनै प्रयोग गर्ने, साना सवारी साधनका काँडे-मनाङचे-पत्थरचोक र पत्थरचोक-पाउदुरकोट सडक प्रयोगमा ल्याउन लागिएको मन्त्री जुग्जालीका स्वकीय सचिव चक्र पुनले जानकारी दिए । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र मध्यपहाडी लोकमार्ग सडक आयोजनाले गाउँपालिकासँग समन्वय गरेर तत्कालै वैकल्पिक सडक मर्मत गरेर जिप, ट्याक्सी र मोटरसाइकल सञ्चालन गर्न सकिने बनाउने मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।

वैकल्पिक सडक भएमा सवारी साधनको चाप घट्ने र ठूला गाडीलाई पहिरो पार गराउन सहज हुने प्राविधिकहरूले सुझाव दिएका थिए । गण्डकीको पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, लुम्बिनीको पूर्वी रुकुम रोल्पाको समेत मुख्य राजमार्गको रूपमा रहेको मध्य पहाडी लोकमार्गको उदुर खण्डमा दैनिक घण्टौँ सम्म अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ जना यात्रुहरू जाममा परेर दुःख पाएका छन् ।

एकतर्फ रूपमा मात्र यातायात सञ्चालन गरिँदै आएको साँघुरो सडकमा खसिरहने पहिरो र हिलोमा सवारी साधन फसेर सुत्केरी, बिरामी, जन्ती र यात्रुहरूलाई सास्ती भएको थियो । म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, पूर्वी रुकुम र रोल्पाबाट पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँमा जाने र आउने यात्रुलाई सास्ती भएको छ । चार वर्षअगाडि भासिएको सो सडकमा पहिरो रोकथाम गर्न तीन करोड ५० लाखमा ठेक्का लिएको ओमबुद्ध इन्टरनेशनलसँगको सम्झौताको दोस्रो पटक थपिएको म्याद यही असार ५ गते सकिएको छ । हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति छ ।

जम्मा ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्यअन्तर्गत ६५ मिटरको फाउन्डेसन बनेको छ भने १५ मिटरको काम अझै सुरु भएको छैन । तत्काल सडक निर्माण हुने नदेखिएपछि पहिरो नियन्त्रणको वैकल्पिक उपाय खोजेर नियमित यातायात सञ्चालनको लागि प्रयास गरिएको मन्त्री जुग्जालीले बताए । पहिरो क्षेत्रमा गाडी फस्न नदिन ग्राभेल हालिएको आयोजनाका प्रतिनिधि भण्डारीको भनाई छ ।

तपाईको प्रतिक्रिया