Deneme Bonusu Veren Siteler
आइतबार, आषाढ ३०, २०८१
Sunday, July 14, 2024

पोखरा – भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नगरसभामा प्रस्तुत गरेको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मंगलबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सात अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको प्रस्तुत गरेका हुन् ।

बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाँडफाँडबाट ३६ करोड ६२ लाख रुपैयाँ छ । प्रदेश राजश्व बाँडफाँड ८ करोड २५ लाख व्यहोर्ने लक्ष्य छ ।

स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । न्यून हुने ४५ करोड ६८ लाख ६५ हजार चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट अपुग रकम व्यहोरिने महानगरले जनाएको छ ।कुल बजेटमध्ये पूर्वाधार २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यमा १० करोड, शिक्षामा १८ करोड, वडाहरूका लागि ७२ करोड ६० लाख, नगरपालिका खर्च ८१ करोड १२ लाख, संघीय सशर्ततर्फ २ अर्ब २३ करोड, खर्च व्यवस्थापनतर्फ २ करोड, युवा स्वरोजगारतर्फ ३ करोड र अन्य शीर्षकमा ५ करोड विनियोजन भएको छ ।

पोखराले चालु आवको भन्दा कम बजेट आगामी आवका लागि ल्याएको हो । पोखरा महानगरपालिकाले चालु आवमा ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । महानगरले मंगलबार नै आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरी छलफलपछि पारित गरेको छ ।

तपाईको प्रतिक्रिया