Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

काठमाडौँ – मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरू आज पोखरामा भेला हुँदै छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हुन् ।उनीहरु आज र भोलि संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफलमा जुट्ने छन् ।

मुख्यमन्त्रीहरूको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।कोशी प्रदेशका मुख्यमन्त्री भने भेलामा सहभागी हुने वा नहुने भन्ने बारेमा केही टुंगो लागेको छैन । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने कार्यक्रम रहेकाले कुनै टुंगो नभएको हो ।

प्रदेशको अधिकार, प्रदेशले गरेका काम तथा प्रदेशका अनुभव साटफेर गर्ने र सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन आयोजना गरिएको हो ।मुख्यमन्त्री सम्मेलनमा प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा दफावार छलफल हुने र घोषणा पत्र जारी हुनेछ । सम्मेलनमा सङ्घले दिएको अधिकार र संविधानमा निर्दिष्ट भएका अधिकार प्राप्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।

मुलुकमा प्रदेश संरचना सुरु भएपछि सातै प्रदेशका मुख्यमन्त्रीहरुको यो दोस्रो भेला हो । यसअघि पनि गण्डकी प्रदेश सरकारको संयोजनमा भेला भएको थियो । तत्कालीन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलोपटक २०७५ भदौ २१ र २२ गते पोखरामै भेला भएको थियो ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया