Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले रूपन्देहको भैरहवामा पाँच तारे होटल सञ्चालनमा ल्याएको छ । भैरहवामा २ अर्ब ५० करोड रूपैयाँको लागतमा ‘डिलक्स फाइभ स्टार’ होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको हो । यसअघि कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरकासहित ३२ वटा शाखा सञ्चालन गरेको यो ग्रुपले भैरहवामा पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको हो । २५ वर्षअघि कैलालीको टिकापुरमा सामान्य खाजाघरबाट सिद्धार्थ होटल यात्रा शुरू गरेको थियो ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपानेले ‘क्यापिटल सिटी’ भैरहवामा पहिलो हस्पिटालिटीले फाइभ स्टार होटल सञ्चालनमा ल्याएको बताए । होटलमा अनुसार ८५ वटा कोठा, लबी लौउन्ज, अल डे डाइनिङ, रुफ टफ रेष्टुरेन्ट तथा स्वीमिङपुल, फिटनेस, जिम स्पा, साउना र ज्याकुजी सहिट र ठूला समिनार हल होटलमा रहेका छन् । ‘सिद्धार्थलाई अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा स्थापित गराउने लक्ष्यका साथ हामी अगाडि बढेका छौं’ अध्यक्ष न्यौपानेले भने, ‘छिट्टै सिद्धार्थले चितवनको सौराहा, इलामको कन्याम, पाल्पामा कृषि पर्यटन विस्तार गर्ने सोचमा छ ।’

होटलभित्रका सबै संरचनाहरूमा बुद्धको जीवनीसँग सम्बन्धित र बुद्धत्व झल्किने नामाकरण गरिएको छ । होटल चार बिगाहा जग्गामा फैलिएको छ । होटलका सञ्चालक महेन्द्र न्यौपानेले बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गरेर पाँच तारे होटलमा लगानी गरिएको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र वृद्धि गर्न भारतसँगको हवाई रुट प्राप्तिमा सरकारले पहल गनुपर्ने सिद्धार्थ ग्रुपका सीईओ कृष्ण न्यौपानेले माग गरे ।

 

तपाईको प्रतिक्रिया