Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – पुरुषको शुक्रकीट र महिलाको अण्डाको प्रयोग नगरी मानव भ्रूण सिर्जना गर्ने वैज्ञानिकहरूको सफलताले धेरै चिकित्सा सम्भावनाहरू खोलेपनि यसले धेरै नैतिक र कानुनी प्रश्नहरू खडा गरेको छ । वैज्ञानिकहरूले स्टेम सेलमार्फत तीनवटा नमुना मानव भ्रूण विकास गरेका छन् । यी प्रारम्भिक अवस्थाहरूमा मानव भ्रूणहरू जस्तै हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस सफलताले उनीहरूलाई धेरै प्रकारका जीनसँग सम्बन्धित रोगहरू (जेनेटिक डिसअर्डर) बुझ्न मद्दत गर्ने वैज्ञानिकहरू बताउँछन् । उदाहरणका लागि, बारम्बार गर्भपात जस्ता समस्याहरूको जैविक कारणहरू यसबाट बुझ्न सकिन्छ । बेलायतको क्याम्ब्रिज युनिभर्सिटीकी प्रोफेसर म्याग्डालेना जेर्निका–गोएट्जले बुधबार यो सफलताको जानकारी दिएकी हुन् । अमेरिकाको बोस्टनमा भएको इन्टरनेशनल सोसाइटी फर स्टेम सेल रिसर्चको वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले भनिन्- ‘स्टेम सेललाई पुनप्रोग्रामिङ गरेर हामी मानव भ्रूणजस्ता मोडलहरू बनाउन सक्छौं ।’

तर बेलायती अखबार द गार्डियनले एक रिपोर्टमा चिकित्सा अनुसन्धानका लागि कृत्रिम भ्रूणको प्रयोग तत्काल सुरु हुने सम्भावना नरहेको उल्लेख गरेको छ । हाल महिलाको पाठेघरमा यस्तो भ्रूण प्रत्यारोपण गर्नु गैरकानुनी हुनेछ । त्यसैले अहिलेसम्म हासिल भएको प्रारम्भिक सफलतालाई उन्नत चरणमा लैजान सकिन्छ कि छैन भन्ने स्पष्ट छैन ।

स्टेम सेल बायोलोजी एण्ड डेभलपमेन्टल जेनेटिक्स, लन्डनका प्रमुख रोबिन लभेल-बाजले यस प्रयोगको पछाडिको विचार स्टेम सेलहरू प्रयोग गरेर सामान्य मानव भ्रूण जस्तो मोडेल बनाउन सकिन्छ भन्ने हो भन्दै मानव जीवनको विकास कसरी सुरु हुन्छ भनेर पत्ता लगाउन सकिने बताएका छन् ।

यसअघि, अलग-अलग प्रयोगहरूमा, Zernica-Goetz को टोली र इजरायलको Weizmann संस्थानको टोलीले माउसको स्टेम सेलबाट बनेको भ्रूण सामान्य भ्रूण जस्तो संरचनामा विकास गर्न सक्ने देखाएको थियो । यो आन्द्रा, मस्तिष्क र धड्कन मुटु रहेको संरचना हो । विज्ञहरूका अनुसार यी प्रयोगको सफलतापछि अनुसन्धानकर्ताहरूले मानव भ्रूणको मोडेलमा यस्तो प्रक्रिया देखाउन दौडिरहेका छन् ।

क्याम्ब्रिज-क्याल्टेक ल्याबमा गरिएको पछिल्लो प्रयोगको पूर्ण प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । तर बोस्टन सम्मेलनमा, जेर्निका-गोएट्जले उनको टोलीले बनाएको भ्रूण १४ दिनमा सामान्य मानव भ्रूणको हदसम्म विकसित भएको बताएकी थिइन् । विश्लेषकहरूका अनुसार यस अनुसन्धानको खबरले मानवको प्राकृतिक सृष्टिमा हस्तक्षेपलाई खतरनाक कार्य मान्ने बुद्धिजीवी तथा समाजशास्त्री तथा धर्मगुरुहरूलाई चिन्तित बनाउने छ । यसलाई कृत्रिम मानव तयार गर्ने तर्फको कदम भनिएको छ ।

त्यसैले यस्ता प्रयोगलाई अगाडि बढाउन कानुनी व्यवस्था हुन गाह्रो हुने विज्ञहरू बताउँछन् । कानुनी प्रावधानबिना यस्ता प्रयोगहरू अगाडि बढाउने वैज्ञानिकहरूले कठिनाइ सामना गर्न सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया