Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – एक बियर कारखाना चुहावटपछि जापानको ओकिनावा बन्दरगाह क्षेत्र राताम्मे भएको छ । ‘ओरियन ब्रुअरीज’बाट मंगलबार प्रोपाइलिन ग्लाइकोल नामक तरल पदार्थ चुहावट भएपछि बन्दरगाह क्षेत्र राताम्मे भएको हो ।यो चिसोका लागि प्रयोग हुने पदार्थ हो । ‘चुहावटले बन्दरगाहको रंग बदलेको र यसले कुनै स्वास्थ्य जोखिम नरहेको’ कम्पनीले बताएको छ । ओकिनावाको नागो शहरका स्थानीयहरुले चिन्ता व्यक्त गरेपछि बियर कारखानाबाट माफी मागेको हो ।ओरियन ब्रुअरीजका अध्यक्ष हाजिमे मुरानोले कसरी चुहावट भयो भन्नेबारे अनुसन्धान गरिरहेको बताए । यस्तो घटना दोहोरिन नदिनका लागि कदम चाल्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया