Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जुम्लाको हिमा गाउँपालिका-१ देवारगाउँ घर भएका अन्दाजी ३२ वर्षीय युवाको शव मलेसियामा अलपत्र परेको छ । आर्थिक जोहो गर्न मलेसिया गएका रातो दमाईंका छोरा मयलाल परियार (दमाईं)को शव मलेसियामा अलपत्र परेको हो ।

२०७० सालमा साउन १९ गते उनी वैदेशिक रोजगारीका क्रममा नेपालबाट मलेसिया उडेका थिए । देवारगाउँ घर भएका परियारको असार ८ गते निधन भएको थियो । उनको मृत्युबारे ९ गते मात्रै थाहा भएको मलेसियामा बस्दै आएका उनकै गाउँले मृगेन्द्रकुमार शाहीले जानकारी दिए ।

शाहीका अनुसार उनी दिनका सुरक्षा गार्डको रूपमा रहेकाले डिउटीमा गएका थिए । राति कोठाभित्र उनको मृत्यु भएको रहेछ । उनले भने, ‘भोलिपल्ट मात्रै थाहा भएको हो ।’ शव अहिले मलेसियाको क्वालालम्पुरस्थित अस्पतालमा रहेको छ ।

रवि लेख्छन् :-
यो घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । ‘सामाजिक सञ्जाल मार्फत यो म्यासेज सहितको स्क्रिन सट्मा मेरो ध्यानाकर्षण भयो । मयलाल परियार जी, देशमा नै बस्ने वातावरण बनाउन हामी लड्दै गर्दा तपाइ मलेसियामा  अस्ताउनु भयो । तपाइले यो  संसार लाई महसुस गर्दा तपाई र मेरो भेट भएन । अब तपाई केही महसुस गर्न नसक्ने अवस्थामा पुग्नुभयो ।तर तपाईँलाई देशले स्पर्श गर्नै पर्छ । तपाईँको पार्थिव शरीर लाई नेपाल ल्याउन म समन्वय गरिरहेको छु । परिवारसँग पनि कुरा गरेँ । राजदूतावाससँग पनि कुरा गरेँ।पेटको कुनै खराबीले मृत्यु भएको प्रारम्भिक खबर दूतावासले गराएपनि पोस्टमार्टम लगायतको प्रक्रियाले केही दिन लाग्न सक्ला  ।सबै प्रक्रिया मिलाएर जतिसक्दो छिटो नेपाल ल्याउने पहलमा आफै लागेको छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

सभापति लामिछानेले मयलालको छातीको ट्याटुले आफ्नो छाती छिया छिया भएको उल्लेख गरेका छन् । उनले अगाडि भनेका छन्, ‘राजनीति मार्फत तपाईँजस्ता लाखौँलाई यही देशमा बस्ने वातावरण बनाउन केही गर्न सकेँ भने मात्र तपाईँलाई साँचो अर्थमा श्रद्धाञ्जली दिएको मानिनेछ । तपाईँले ममाथि देखाउनु भएको माया र विश्वास  कम्तीमा तपाईँकी ११ वर्षीया  छोरीले महसुस गर्ने गरी यो देशको सेवा गर्नेछु । तपाईँको छातीको ट्याटुले मेरो छाती छिया छिया भएको छ । म यो पिडालाई शक्तिमा बदलेरै छाड्छु । तपाईँको, मेरो र हाम्रो सपनालाई मरे पनि मर्न दिन्न । परिवारलाई यो पिडा सहने शक्ति मिलोस् ।’

तपाईको प्रतिक्रिया